वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै काँग्रेसले बुझायो ज्ञापनपत्र

समाचार

2/19/2021

वीरगञ्ज, ७ फागुन । वीरगञ्ज–रक्सौल नाका खोल्न माग गर्दै नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारले कोभिड–१९ को महामारीको बेलामा बन्द भएका नाकाहरु खोली सहज रुपमा आवतजावतलाई व्यवस्थित गर्ने निर्णय गरेकोले वीरगञ्ज–रक्सौल नाका खुल्ला गर्नुपर्ने कांग्रेसको माग छ ।

नाका बन्द रहेको अवस्थामा यस भेगका जनता तथा उद्योगी व्यवसायी, पर्यटकहरुलाई आवतजावतमा समस्या परेकोले नाका खोल्नु पर्ने कांग्रेस पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ