वीरगन्ज, १८ माघ । नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीले विरगञ्ज नेपालको सिलिकन भ्यालीका रुपमा विकास हुनसक्ने औंल्याएका छन् ।
देशभरका खासगरि स्टार्टअप व्यवसायीहरुसँग अन्तर्क्रिरया गर्ने सिलसिलामा वीरगन्ज पुगेका चौधरीले वीरगन्जलाई उद्यमशीलताको अर्को परिचयका रुपमा अर्थ्याएका छन् ।
सामाजिक संजाल ट्विटरमा चौधरीले भनेका छन–‘विरगञ्जका कर्मशील युवासँगको अन्तर्क्रिरयाले म उत्साहित भएको छु । उद्यमशीलता वीरगन्जको अर्को परिचय हो । नयाँ पुस्ता नयाँ सोचले सम्पन्न छ । स्टार्टअप्सहरु शुरु गरेका छन् । यसको निरन्तरता र व्यापकताले वीरगन्ज नेपालको सिलिकन भ्यालीका रूपमा विकास हुन सक्छ ।’
राजनीतिक परिवर्तनसँगै प्राप्त उपलब्धि संस्थागत गर्न र जनतालाई ती अधिकार उपभोग गर्न सक्ने बनाउन अबको चरणमा कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्छ र शुरु भएको पनि चौधरीले जनाएका छन् ।
उनले लेखेका छन, ‘गरिखाने वर्गलाई सम्मान र सहजीकरणले मात्र धेरै गरिखानेहरु जन्मनेछन् र मुलुक समृद्ध बन्नेछ ।’
कांग्रेसको ‘गरिखाने अभियान’ अन्तर्गत चौधरीको नेतृत्वको विशेष समितिका सदस्यहरु देशका विभिन्न शहरहरुमा युवा तथा उद्यमीहरुसँग अन्तरक्रिया गरिरहेका छन् ।
यअसघी सो टोलीले कुरिनटारका यूवा उद्यमीहरुसँग गरिखाने अभियानको बारेमा अन्तर्क्रिरया गरेको थियो । गरिखाने अभियानलाई स्थानियतहको वडास्तरसम्मै पु¥याउने गरि चौधरी नेतृत्वको टीमले काम गरिरहेको छ।
तपाईको प्रतिक्रिया