वीरगन्ज, १७ बैशाख । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । वीरगन्ज महानगरपालिकाका एक सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
नको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।
बुधबार बिहान बाराका २ दुई र पर्साका १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । बाराको जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुषहरूमा संक्रमण देखिएको हो ।
आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।
तपाईको प्रतिक्रिया