वीरगन्ज, २७ माघ । वीरगंज महानगरपालिका श्रीसिया काफला पर्सा नेपाल संघले भारतको बाबाधाम लगायत विभिन्न तिर्थ स्थलहरुमा प्रत्येक वर्ष जाने गरिन्थ्यो ।
तर, गएको वर्ष कोरोना महामारीले गर्दा नेपालका कावारीयाँ संघ भारतमा रहेका तिर्थस्थलहरु तर्पm नाका बन्दले गर्दा जान असमर्थ भएको थियो ।
कोरोना संक्रमण केहि न्युनिकरण भएपछि यस वर्ष वीरगंजबाट प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले कावरियाँ मंडलीलाई भारततर्पm विदाई गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नं.१ स्थित रहेको श्रीसिया नाकाबाट विदाई गरी रक्सौल हुँदै भारतको विभिन्न तिर्थस्थलहरुमा जानका लागि ससम्मान अविर माला लगाई कावरियाँ यात्रीहरुलाई विदाई गरिएको छ ।
विदाई गर्ने क्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक नेपाल प्रहरी र भारतको सिमानामा खटिएको भारतीय एस.एस.बी फोर्सले समेत संयुक्तरुपमा विदाई कार्यक्रममा शरीक भई तिर्थयात्री टोलीहरुलाई विदाई गरिएको छ ।
काफलालाई प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले बिदाई गरेकोमा नेपाल र भारतका सुरक्षा निकायहरुले उनलाई अबिर माला लगाई सम्मान समेत गरिएको हो ।
२ सयको हाराहारीमा नेपालबाट भारत तिर्थको लागि कावारियाँ काफला बिरगंज रक्सौल श्रीसिया सिमानामा पुजाआज गरी विधिगत रुपमा भारत प्रस्थान भएको प्रदेश सांसद रमेश प्रसाद कुर्मीका स्वकिय सचीव शेख फिरोजले जानकारी दिए ।
तपाईको प्रतिक्रिया