वीरगञ्ज, २४ बैशाख । वीरगञ्जमा एकै परिवारका १७ जना कोरोना भाइरस संक्रमित भेटिएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ भने संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् ।
तपाईको प्रतिक्रिया