वीरगन्जमा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार

5/5/2021

वीरगन्ज, २२ बैशाख । उपचारको क्रममा वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– २ छपकैया बस्ने ६५ वर्षीया महिला कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचारको क्रममा बिहान ८:१० बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनलाई वैशाख १७ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ