वीरगन्जमा कोरोना संक्रमित वृद्धको मृत्यु

समाचार

7/22/2020

वीरगन्ज, ८ साउन । वीरगन्जमा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो ।

सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

मृत्युपछि उनको स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको अस्पतालले जनाएको छ । वीरगञ्जको स्थिति एकदमै कठिन बन्दै गएकाले लकडाउनका लागि सिफारिस गरिएको छ ।

एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ