वीरगन्जमा जसपाले प्रधानमन्त्रीको पुतला जलायो, प्रहरीसँग झडप

समाचार

2/7/2021

वीरगन्ज, २५ माघ । जनता समाजवादी पार्टी नेपालले वीरगन्जको घण्टाघर नजिक विरोध प्रदर्शन गर्नुको साथै केही स्थानहरुमा पुतला दहन समेत गरेको छ ।

जसपाका आक्रोषित युवाहरुले संसद विघटन भएकोलाई पुनः गठन हुनुपर्ने माग गरेका छन् ।

पुतला दहन गर्ने क्रममा वीरगन्जको १५ भन्दा बढी स्थानहरुबाट जसपाका युवाहरुले प्रधानमन्त्रीको पुतला जलाएका छन् ।

जसपाका युवा नेता शेख रुस्तम, नुरआलम र तुफान अन्सारी लगायतका युवा नेताहरुले पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप भएको थियो ।

सो झडपले गर्दा विरगंजमा २ घण्टाभन्दा बढी तनावग्रस्त भएको थियो । पैदलयात्रीहरुलाई बजार ओहर–दोहर गर्न समेत निक्कै समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ