वीरगन्जमा थप २९ जनामा कोरोना संक्रमण

समाचार

9/8/2020

वीरगन्ज, २३ भाद्र । कोरोना भाइरसको हटस्पट बनेको वीरगन्जमा थप २९ जनामा संक्रमण देखिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना संक्रमितहरु थपिएका छन् । पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा नं. १ र ५, वीरगञ्ज महानगरपालिका वडा नं. १२, १३ र १६ का १र१ जना छन् ।

तराई अस्पतालका ३ जना, आर्मी ब्यारेकका १ जना र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ का २ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज हेल्थ केयरबाट पठाइएका स्वाब नमुनामध्ये बाराका २ र पर्साका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नं. ७ र १६ मा १र१ जना, बारागढी गाउँपालिका वडा नं. ६ मा २ जना, वडा नं. ३ र ४ मा १र१ जना, सुवर्ण गाउँपालिका वडा नं. ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीका १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयबाट पठाइएका स्वाब नमुनामध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ