वीरगन्जमा थप ४ संक्रमितको मृत्यु

समाचार

5/23/2021

वीरगन्ज, ८ जेठ । वीरगन्जको विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।

कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्जको वयोद्धा अस्पतालमा वीरगन्ज महानगरपालिका–९ निवासी ६५ वर्षका पुरुषको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको छ ।

वैशाख २३ गते अस्पतालमा भर्ना भएका उनको बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

यस्तै पर्साको पकहा मैनपुर गाउँपालिका–४ घर भएका ५३ वर्षका पुरुषको कोरोना संक्रमणका कारण शनिबार बिहान मृत्यु भएको श्रीवास्तवले बताए । वैशाख ३० उनी उपचारका लागि वीरगन्जको स्पर्श अस्पतालमा भर्ना भएका थिए ।

त्यसैगरी, वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीको चक्करघटा ६ निवासी ७५ वर्षका कोरोना संक्रमित पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

बाराको महागढीमाई नगरपालिका–२ घर भएका ५० वर्षकी कोरोना संक्रमित महिलाको पनि शनिबार उपचारका क्रममा मृत्यु भएको दासले बताए । उनी वैशाख २८ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ