वीरगन्जमा २० सहित पर्सामा ३४ जना कोरोना संक्रमित फेला

समाचार

7/29/2020

वीरगन्ज, १४ साउन । वीरगन्जमा २० जनासहित पर्सा जिल्लामा ३४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

५ जना बालबालिका र १० जना महिलासहित ३४ जना संक्रमित वीरगन्जमा फेला परेका हुन् । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएका हुन् ।

संक्रमितहरु वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् ।

नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलमा राखिएको छ ।

पाँच जना पर्सागढीमा, ३ जना सखुवाप्रसौनीमा र १ जनालाई ठोरीमै राखिएको छ । तर ती पालिकाहरुमा आइसोलेसन सेन्टर छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ