वीरगन्ज कोभिड अस्पतालमा दुईको मृत्यु

समाचार

8/26/2020

वीरगन्ज, १० भाद्र । वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राति बाराका दुई जना कोरोना संक्रमितको वीरगन्ज कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ