वीरगन्ज कोरिडोरमा अर्बौको औद्योगिक लगानी जोखिममा

समाचार

3/14/2021

वीरगन्ज, १ चैत । वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधरणसभाको उद्घाटन सत्रमा उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । वीरगन्ज पथलैया औद्योगिक कोरीडोरमा निर्माणाधीन व्यपारिक मार्गको नालामा सडक विभागले उद्योगबाट निस्कने पानी फाल्न नदिन उर्दी नै जारी गरेको उद्योगीहरुले बताए ।

निर्माणाधीन ६ लेनको व्यापरिक मार्गको नालामा उद्योगको पानी फाल्न नदिइए औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सन्चलनमा निकै ठूलो समस्या आएको बताए ।

पथलैयादेखि परवानीपुर सम्मको सडक विस्तार गरि ६ लेनको र परवानीपुरदेखि गण्डक चोक सम्मको सडक चार लेनको बनाउने काम चलिरहेको छ ।

ती दुवै सडक विस्तारका क्रममा अहिले निर्माण गरिएको नालामा उद्योगबाट निस्कने पानी फाल्न नपाइने सडक विभागले उर्दी जारी गरेका कारण यसले अर्बौको औद्योगिक लगानी डुब्ने खतरा रहेको उद्योगीहरुको तर्क छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओम प्रकाश शर्माले भने, ‘६ लेन सडकको नालामा उद्योगको पानी फाइलन नपाइने सडक विभागले उर्दी नै जारी गरेको छ , न कुनै डम्पिङ साइट छ , न वेष्टेज फाल्ने कुनै विकल्प दिएको छ, यदि यस्तै गर्ने हो भने यहाका प्राय सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने निश्चित छ ।’

अहिले निर्माण गरिएको नालामा वर्षाका बेला सडकको पानी मात्र निकास हुने तर उद्योगका पानीको भने निकास नहुने गरि निर्माण गरिएकाले वर्षाका बेला उद्योगहरु नै डुबानमा पर्दै आएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले पनि व्यपारिक मार्गको नालामा उद्योगको पानी फाल्न बन्देज लगाइएका कारण वर्षामा प्राय सबै उद्योगहरु डुबानमा पर्ने गरेको सुनाए ।

बेलैमा सडक विभाग वा सरकारले आफनो निर्णय नसच्याए वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका सबै उद्योगहरु बन्द नै गर्नु पर्ने अवस्था आउने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ बाग्मी प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले वीरगन्जलाइ औद्योगिक र आर्थिक नगरि भन्न पनि राज्यले कन्जुस्याइ गरिरहेको आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नीजी क्षेत्रका व्यसायिक मुद्धालाइ तीनै तहका सरकारले स्वमित्व ठानेर सम्बोधन गरेमा मुलुकको अर्थतन्त्रले छिटटै फड्को मार्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ