वीरगन्ज र जनकपुरका उद्योगीले दबाब दिने

समाचार

7/8/2021

वीरगन्ज, २४ असार । वीरगन्ज र जनकपुरका उद्योगी व्यवसायीले दुवै सहरका निजी क्षेत्रको समस्या सम्बोधनका लागि सरकारलाई दबाब दिन एक भएर अघि बढने सहमति गरेका छन् ।

वीरगन्ज आएको जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीबीच भएको अन्तरक्रियामा यस्तो सहमति बनेको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा भएको अन्तरक्रियामा सहभागी जनकपुर र वीरगन्जका उद्योग व्यपारीले जनकपुर र वीरगन्जका निजी क्षेत्रले एउटै प्रकृतिका समस्या भोगिरहेकोले साझा समस्याको समाधानका लागि साझा प्रयत्न गर्ने सहमति गरेका हुन् ।

सरकारले उपेक्षा गरेकाले निजी क्षेत्रको समस्या सम्बोधन गराउन प्रदेश २ का दुवै शहरका नीजी क्षेत्र एक भएर अगाडि बढ्ने समझादरी बनेको वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि प्रसाद गौतमले बताए ।

कार्यक्रममा गौतमले पर्सा बारा औद्योगिक कोरिडोरको पृष्टभूमि र यहाँको निजी क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे जनकपुरका उद्योगी व्यवसायीलाइ जानकारी गराएका थिए ।

प्रदेश २ का मुख्य शहर जनकपुर र वीरगन्जका नीजी क्षेत्रले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता रहेको उनले बताए ।

अन्तरक्रियामा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले गौतमको धारणा प्रति समर्थन जनाउदै वीरगन्ज र जनकपुरको नीजी क्षेत्र एक भएर सरकारका सामु प्रस्तुत हुने प्रतिबद्धता जनाए ।

अन्तरक्रियामा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य संघबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ