विराटनगर, १३ बैशाख । कोरोना संक्रमणको जोखिमबाट बालबालिकालाई जोगाउनका लागि विराटनगर महानगरपालिकाका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।
महानगरीय शिक्षा समितिको आइतबार बसेको बैठकले यहाँका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । संक्रमणको जोखिम उच्च रहेकाले परीक्षा सञ्चालनमा समेत रोक लगाउने निर्णय गरिएको महानगरले जनाएको छ ।
भौतिक उपस्थितिमा विद्यालयमा परीक्षा सञ्चालन गर्दा बालबालिकामा संक्रमणको जोखिम उच्च भएकाले रोक लगाउने निर्णय गरिएको जनाइएको छ ।
कुनै पनि शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने निर्णय गरिएको हो ।
तपाईको प्रतिक्रिया