विराटनगरमा आइसोलेसन अभावमा एकको मृत्यु

समाचार

8/21/2020

विराटनगर, ५ भाद्र । आइसोलेसन शैय्याको अभावमा एक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

विराटनगर ६ का ४५ वर्षीय पुरुषको आइसोलेसनको अभावमा घरमै मृत्यु भएको हो । सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको बिहीबार राति अचानक मृत्यु भएको बताइएको छ ।

आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ