विराटनगर, ४ कात्तिक । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको एकै दिन मृत्यु भएको छ । कोरोना पुष्टि भएर उपचार गराइरहेकामध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक÷एक जनाले ज्यान गुमाएका हुन्। मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष छन् ।
यसैबीच विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका मोरङको रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको भने पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।
उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको भए पनि रिपोर्ट आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया