विराटनगर, ३० साउन । विराटनगरमा एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोशी अस्पतालमा विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।
तपाईको प्रतिक्रिया