विराटनगरमा १३० कोरोना संक्रमित थपिए

समाचार

9/27/2020

विराटनगर, १२ असोज । कोरोना संक्रमणको उच्च जोखिममा रहेको विराटनगरमा एकै दिन १३० जना संक्रमित फेला परेका छन् । मोरङ जिल्लामा यो संख्या हालसम्मकै सबभन्दा बढी हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयअनुसार कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा एकै दिन सो संख्यामा संक्रमित फेला परेका छन् ।

संक्रमितहरुमध्ये ५१ महिला र ७९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै मोरङ जिल्लामा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ । विराटनगरमा हालसम्म २३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ