विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड ८१ लाख

समाचार

6/24/2020

विराटनगर, १० असार । विराटनगर महानगरपलिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार महानगर नगरसभाले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट ससर्त अनुदान १ अर्ब २ करोड र प्रदेशबाट सशर्त २ करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ ।

त्यस्तै संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट ३ करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

महानगरपालिकाले पुँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।

महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा २ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ