काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले नेकपा एमालेसँगको वार्तामा आफूहरुले सत्ता सहकार्यबारे कुनै चर्चा पनि नगरेको दाबी गरेका छन् ।
जसपा नेपालले राजनीतिक दलहरुसँग छलफलका लागि अनौपचारिकरुपमा गठन गरेको दुई सदस्यीय वार्ता टोलीका सदस्यसमेत रहेका कर्णले आफूहरु सरकारको ‘स’ समेत उच्चारण नगरेको बताएका हुन् ।
उनले आफूहरु वार्ता र सम्वादका लागि सबै राजनीतिक दलहरुसँग तयार रहेको भन्दै आफूहरुले उठाउँदै आएका मागहरु सांसद रेशमलाल चौधरी लगायतका राजबन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनबारे एमालेसँग छलफल भएको जानकारी दिए ।
बुधबारको प्रतिनिधिसभा बैठक पश्चात् संसद भवनबाट बाहिरिँदै जसपाले उठाउँदै आएका मागहरु सम्बोधन हुने निश्चित भएपछि मात्रै सरकारमा जाने वा नजानेबारे पार्टीले निर्णय गर्ने उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया