छाउपडी प्रथा विरुद्ध सप्ताव्यापी अभियान

समाचार

2/26/2020

कैलाली, १४ फागुन । कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा कम उमेरमा हुने विवाह र छाउपडी प्रथा विरुद्ध सप्ताव्यापी अभियान सुरु भएको छ ।

फागुन १३ गते देखी सुरु भएको कार्यक्रम १९ गते सम्म चल्नेछ । विभिन्न गाउँ टोल बस्तीहरुमा कार्यक्रम गरिने नयाँ बजार महिला समुहका अध्यक्ष राजमति अधिकारीले जानकारीले दिए ।

नयाँ बजार महिला समुहको आयोजनामा अभियान सुरु भएको मंगलबार भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । आरेक नेपाल कैलाली, वडा नम्बर २ को कार्यालय र ईलाका प्रहरी कार्यालय सुखडको समन्वय र पलान ईन्टरनेश्नल संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो ।

हानिकारक परम्परागत अभ्यास न्युनिकरण गर्ने, छाउपडी प्रथाको नीति कार्यान्वयनको लागी पहल गर्ने र छाउपडी प्रथा न्युनिकरणका लागी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ