जनकपुरधाम, १४ जेठ । वर्ल्ड भिजन नेपाल नामक गैरसरकारी संस्थाले कोरोना महामारीसँग जुध्न प्रदेश २ सरकारलाई सय थान अक्सिजन सिलिण्डरसहितको सामग्री सहयोग गरेको छ ।
संस्थाका प्रतिनिधिहरु शुक्रबार मुख्यमन्त्री निवासमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको उपस्थितिमा सामाजिक विकासमन्त्री नवल किशोर साहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
पहिलो चरणका लागि भन्दै संस्थाले अक्सिजन सिलिण्डर १०० थान, अक्सीमिटर १०० थान, पिपिई सेट १०० थान, थर्मल गन १०० थान र अक्सीजन कन्सन्ट्रेटर ४ थान हस्तान्तरण गरेको छ ।
त्यसैगरी, प्रदेशअन्तर्गतका महोत्तरी, सर्लाही र रौतटहलाई प्रति जिल्ला अक्सीजन सिलिण्डर ७० थान, अक्सीमिटर ७० थान, पिपिई सेट ७० थान, थर्मल गन ७० थान र अक्सीजन कन्सनट्रेटर १ थान बुझाउने तथा धनुषालाई अर्को साता अक्सीजन सिलिण्डर १०० थान तथा पिपिई ५० थान बुझाउने प्रतिबद्धता समेत जनाएको छ ।
तपाईको प्रतिक्रिया