जनकपुरधाम, १४ असार । प्रदेश २ को अस्थायी राजधानी तथा ऐतिहासिक नगरी जनकपुरधाम सोमबार बिहान परेको मुसलेधारे वर्षाले अधिकांश स्थान जलमग्न भएको छ । वर्षाको पानीले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।
प्रदेश प्रमुख डा.राजेश अहिराजले सम्पूर्ण प्रदेशवासीलाई सुरक्षित र सर्तक भएर बस्न अनुरोध गरेका छन् । प्रदेश प्रमुख डा.अहिराजले एक अपिल जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान पनि जलमग्न भएका छन् ।
तसर्थ, पनि सबै नागरिकलाई बाढीको जोखिममा सावधान भएर रहन प्रदेश प्रमुख अहिराजले आवह्वान गरेका हुन् ।
तपाईको प्रतिक्रिया