सिरहा, २८ कार्तिक । जिल्लाको नरहाँ गाउँपालिका वडा नं. १ गौरहाकी उषाकुमारी सदालाई वर्षौंदेखि दाहिने खुटाको हाड बाहिर आएकोले दिनहुँ पीडा खेप्दै अशक्त बनेकी किशोरीलाई हाडजोर्नी विशेषज्ञ डा.रामकेवल साहले सुनचाँदी घरमा ल्याउने धनतेरसकै दिन निःशुल्क उपचार गरी जीवनदान दिएका छन् ।
करिब ३ वर्ष अगाडि बाख्रा चराउन गएकी उषा साथीहरुसित खेल्दाखेल्दै सानो रुखबाट हामफाल्दा खुट्टामा मोच आएको थियो, त्यसको केही दिनमै मिर्चैयामा प्लास्टर पनि गरेका थिए ।
करिब एक महिनापछि प्लास्टर हटाई हिंडडुल गर्न थालेकी उषालाई करिब एक वर्ष पहिला आफै दाहिने खुट्टाको हाड अचानक बाहिर आउन थालेका थिए । दैनिक कार्य समेत गर्न नसकी दिनहँु छटपटाई छटपटाई दिन काटन बाध्य भएका थिए ।
दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेकी उषाको घरमा आमाबुबासहित ३ जना रहेका छन्, एउटै दाई रहेको भएपनि आफ्नो परिवार लिएर छुट्टै बसेका र विगत ५ वर्षदेखि भारतको पंजाबमै छन् । ऐलानी ५ धुरमा सानो झुप्रोभित्र जीवनयापन गर्ने उषाको बुबाआमा बुढाबुढी भैइसकेको हुनाले पैसाको जोहो नै गर्न सक्ने अवस्था थिएन ।
स्थानीय निकाय र त्यहाँको जनप्रतिनिधिले उपचारमा पहल र सहयोग गर्ने दायित्व पुरा गर्न नसकेको हुनाले सामाजिक अभियन्ता तथा भोरको संस्थापक अध्यक्ष राजकुमार महतोले हाडजोर्नी विशेषज्ञ डा.रामकेवल साहसित जोड दिएकोले निःशुल्क रुपमा शल्यक्रियासहित सम्पूर्ण उपचार निःशुल्क रुपमा गरेका छन् ।
मरेको मान्छेलाई जिउदै रहेको भनी पैसा लिने धेरै डाक्टर र अस्पताल रहेको वीचमा जात, धर्म, रगंको भम्रलाई चिरी परिवारबाट माथि उठी लाखौ खर्च लाग्ने शल्यक्रियासहित सम्पूर्ण उपचार निःशुल्क रुपमा गरी डाक्टर भगवानको दोस्रो रुप रहेको सावित गरेका छन् ।
दलित अगुवा सुनिल सदा, धनिर सदाले उषाको पीडा बाहिर ल्याएको थियो र त्यसको खानासहित अतिआवश्यक सामग्री खरिद गर्न जनकल्याण मुसहर एकता सेवा समाज र ऋषिवंश एकता सेवा समाजले पाँच हजार सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया