वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

समाचार

4/25/2021

कैलाली, ११ बैशाख । गौरीगंगा नगरपालिका–७ मनकापुरस्थित निराजन सामुदायिक वनबाट वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त वन क्षेत्रमा लागेको आगलागी नियन्त्रण गर्ने क्रममा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ