वैश्य कलष्टर निर्माणका लागि मधेशी आयोगमा ज्ञापन

समाचार

11/25/2019

काठमाडौं, ९ मंसिर । नेपाल वैश्य युवा संघले ‘वैश्य कलष्टर’ निर्माणको माग गर्दै मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई ज्ञापनपत्र बुझाएको छ ।

वैश्य संघका अध्यक्ष दिलिप चन साहुको नेतृत्वमा सोमबार गएको टोलीले आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै वैश्य कलष्टर निर्माणका लागि पहल गरिदिन आग्रह गरेको छ ।

वैश्य वर्ण अन्तर्गतका ३६ जातिहरुलाई एउटा कलष्टर (समूह)मा समूहीकरणका लागि आवश्यक प्रावधान तथा व्यवस्थाहरु गरिदिनका लागि आयोगसमक्ष ज्ञापन पत्र बुझाइएको हो ।

नेपालमा मुख्यतः व्यापारमा संलग्न वैश्य वर्णको जनसंख्या ४५ लाखभन्दा बढी रहेको दाबी ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ मा नेपालमा १२५ जाति र १२३ भाषा समेटिएका छन् । यस तथ्यांकमा वैश्य वर्णका १३ वटा जातिलाई समेटिएको र बाँकी २३ वटा जातिलाई छुटाएको वैश्य संघको ठहर छ ।

राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त हुने तथ्यांकलाई संविधान कार्यान्वयनमध्ये एउटा आधार मान्ने हुँदा राष्ट्रिय जनगणना २०६८ मा भएको गल्ती, कमी कमजोरीहरुलाई नदोहो¥याउन संघले आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ