काठमाडौं, २३ मंसिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलबार भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाई मापन गरिएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा (चोमोलोङमा)को नयाँ उचाई ८८४८.८६ मिटर घोषणा गर्नुभएको हो ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाएका थिए । त्यस्तै चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपती सि जिङफिङको सन्देश पढेर सुनाएका थिए ।
नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाई निकालिएको थियो ।
नेपालले सन् २०१८ देखी सर्भेक्षणको काम शुरु गरी उचाई मापनको कार्य शुरु गरेको थियो भने, नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछी चिनले आरोहण गरेको थियो ।
नेपाल र चिनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्री परिषद्मा पेश गर्नुभएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको हो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुन इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए ।
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडाँैंँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए ।
यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछी नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको हो ।
२०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाउएकी थिइन् ।
प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण गरेका थिए ।
तपाईको प्रतिक्रिया