विश्वासको मत दिन देउवाले गरे ठाकुरलाई आग्रह

समाचार

7/18/2021

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।

अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार विश्वासको मत लिंदैछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ