विश्वासको मत लिन प्रदेश १ को हिउँदे अधिवेशन आह्वान

समाचार

12/30/2020

विराटनगर, १५ पुस । नेपाल–प्रचण्ड समूहको अविश्वासको प्रस्तावमा विश्वासको मत लिन प्रदेश १ को सरकारले हिउँदे अधिवेशन आह्वान गरेको छ ।

अस्ति आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन माघ ७ गते दिउँसो २ बजे बोलाउने निर्णय गरेको छ ।

नेपाल–प्रचण्ड पक्षधर प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । विश्वासको मत लिन पनि अधिवेशन आह्वान गरिएको हो ।

प्रदेशसभा गठनको तेस्रो वर्ष बित्न लाग्दासम्मा पनि प्रदेशको नामकरण हुन सकेको छैन । त्यसैले पनि यो हिउँदे अधिवेशन अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ