बारा, ६ भाद्र । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ ।
पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा विश्वमै सबैभन्दा बढी पशु बलि दिईने गरिएको छ ।
आउने मंसिर १ देखि एक महिना लाग्ने मेलामा नेपाल, भारतलगायत तेश्रो मुलुकबाट ६० लाख श्रद्धालु गढीमाई मेलाको दर्शन गर्न आउने र त्यसको लागि ३ महिना पहिलादेखि पहिलो चरणको कामहरु शुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ ।
अहिलेदेखि मेलालाई व्यवस्थित गर्न काम सुरु नगर्दा खानेपानी, शौचालय, स्वास्थ्य शिविर, मनोरन्जनका साधनलगायत सेवा सुविधाहरु दिनमा समस्या देखेर नै नगरपालिकाले कमिटी विस्तार गरेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताए ।
पाँच वर्ष पहिला २०७१ सालमा लागेको मेलामा ५० लाख भन्दा बढी श्रद्धालुले मेला हेर्न आएको र ८० हजार जति पशु बलि दिइएको थियो ।
तपाईको प्रतिक्रिया