विश्व हिन्दू परिषद नेपालको गाउँपालिका स्तरीय समिति गठन

समाचार

9/19/2020

काठमाडौं, ४ असोज । विश्व हिन्दू परिषद् नेपालको गाउँपालिका स्तरीय समिति गठन भएको छ । विश्व हिन्दू परिषद नेपालले ओम प्रकाश मेहताको अध्यक्षतामा ११ सदस्य देवानगंज गाउँपालिका (सुनसरी) समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा अमलेश मेहता, कोषाध्यक्ष विजय कुमार मेहता, सचिव चन्दन मेहता, युवा प्रमुख राजिव कुमार मेहता, महिला प्रमुख सुशिला मेहता, सत्संग प्रमुख महेन्द्र प्रसाद मेहता, सेवा प्रमुख इश्वर चन्द्र मेहता, सहसेवा प्रमुख विवेक गौस्वामी, गौरक्षा प्रमुखमा अरुण कुमार मेहता एवं सह–गौरक्षा प्रमुखमा रघुनाथ पंडित चयन भएका छन् ।

समिति गठन कार्यक्रममा स्थानीयबासी एवं एकल अभियानका तर्फबाट पूर्णकालिक कार्यकर्ता नरेश कुमार यादव एवं रमेश्वर यादवको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ