कपिलवस्तु, २१ चैत । महामारीको रुपमा कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउनको कारण गाउँपालिका क्षेत्रभित्र दैनिक रुपमा ज्यालादारी गरी खाने विपन्न असहाय परिवारलाई शुद्धोधन गाउँपालिका कपिलवस्तुले तत्काल राहत उपलब्ध गराउने भएको छ ।
चैत १९ गतेको कार्यपालिका बैठकबाट गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडाका १÷१ सय गरी ६ वडाका ६ सय घरपरिवारलाई राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष निसार अहमद खाँले बताए ।
प्रत्येक वडाहरुमा वडा समिति मार्फत विपन्न तथा लकडाउनको समयमा काम गर्न नपाई खानपिनलाई समस्या भएका व्यक्तिहरुको तथ्यांक संकलन गरिरहेको र तत्काल उक्त परिवारलाई राहत दिने उपाधयक्ष सुधादेवी पाण्डेयले बताइन् ।
प्रति परिवार १० केजी चामल, ५ केजी आलु, १ केजी प्याज, १ लिटर खाने तेल, २ केजी दाल वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ ।
गाउँपालिको निर्णयअनुसार वास्तविक ज्यालादारी खाने मजदुरहरुको वडाहरुमा तथ्यांक संकलन गर्ने काम भैरहेको र २ दिन भित्र तथ्यांक संकलन गर्ने काम सकिने ५ नं. वडाका अध्यक्ष आशुतोष कुमार सिंहले बताए ।
कार्यपालिको निर्णय अनुसार खाद्यान्नहरु खरिद र वितरण गर्ने प्रकृया सूरु भैसकेकोले आइतबारदेखि नै वडा वडामा राहत साम्रगी वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए ।
उता भारतसँग जोडिएको गाउंपालिका भएकोले भारतबाट मान्छेहरु आउन नदिन र सिमामा सावधानी अपनाउने काम गरेको र सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरी जनचेतनामूलक काम गरिरहेको स्वास्थ्य संयोजक अस्फाक अहमद खाँले बताए ।
तपाईको प्रतिक्रिया