कपिलवस्तु, ११ बैशाख । शुद्धोधन गाउँपालिकाको आयोजनामा लवनी स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा कर्मचारी जनप्रतिनीधि र शिक्षक गरी ४५ जनाले रक्तदान गरेका छन् । कोरोनाको कहरमा विरामीलाई रगत आवश्यक पर्न सक्ने भन्दै रगत संकलन गरिएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले बताए ।
रगतको अभावमा कसैको मुत्यु नहोस भन्नको लागि सेवामूलक कार्यक्रम स्वरुपमा रत्तदान कार्यक्रम संचालन गरिएको समेत अध्यक्ष खांले बताए ।
रक्तदान समारोहमा उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा नं २ का अध्यक्ष मनोज कुमार यादव, स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खां लगायतको सहभागिता रहेको थियो ।
धेरै जसो रगत दिनेमा कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुले प्राविधिक सेवा उपलब्ध गराई रगत संकलनमा सहयोग गरेको थियो ।
संकलित रगत नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको ब्लड बैंकमा जम्मा गरि आवश्यक परेका विरामीलाई वितरण गरिने रेडक्रस सोसाइटीका मन्त्री सन्तोष कुमार श्रीवास्तले बताए ।
तपाईको प्रतिक्रिया