कपिलवस्तु ७ बैशाख । जिल्लाको शुद्धोधन गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले प्रतिवेदन पढेर घोषणा गरेका छन् ।
गाउँपालिकामा १५ महिना सम्मका १४९८ जना वालवालिकालाई लगाइएको खोपको तथ्याकंकको आधारमा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको सचिवालयले अनुगमनको आधारमा पूर्ण खोप पाइएको आधारमा पालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।
पूर्ण खोप घोाषण कार्यक्रममा खोप समन्यव समितिका संयोजक तथा जिल्ला समन्य समितिका प्रमुख नारायण प्रसाद खनालले पूर्ण खोप मापदण्ड प्राप्त भएको प्रमाण पत्र प्रदान गरे ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,वडा नं १ का अध्यक्ष तिलकराम यादव, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, बासखोर स्वास्थ्य चौकी प्रमुख रामकृष्ण पन्थी लगायतले खोपको दिगोपनको सुनिश्चितताको लागि सबैले सहगोग गरी समन्यव गर्नुपर्ने बताए ।
जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वंमसेवी र अन्य सरोकारवाला निकायले सहयोग गरेको कारण पुर्ण खोप घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खांले बताए ।
जिल्लाका वाणगगा नगरपालिका, शिवराज नगरपालिका बुद्धभूमि नगरपालिका र शुद्धोधन गाउँपालिका पूर्ण खोप घोषणा गर्ने पालिका भएका छन् । अन्य पालिकालाई पनि विस्तारै घोषणा गरि यही आर्थिक वर्षमै कपिलवस्तु जिल्ला पुर्ण खोप कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनालले बताए ।
तपाईको प्रतिक्रिया