शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री

समाचार

12/17/2020

महोत्तरी, २ पुस । शारीरिक अपाङ्ग भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । रोज फाउण्डेसन तथा स्ट्रीट चाइल्स अफ नेपाल र जानकी महिला जागरण समाजले संयुक्त रुपमा मुसहर समुदायमा संचालित बै्रकिङ द बोण्ड परियोजनाअन्तर्गत सामग्री वितरण गरिएको हो ।

भंगहा नगरपालिकाअन्र्तगत अतिविपन्न तथा अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनमा सहजता ल्याउन सामग्री वितरण गरिएको परियोजनाका व्यवस्थापक हरिप्रसाद खनालले जानकारी दिए ।

नगरप्रमुख संजीवकुमार साहले दुई जनालाई ह्वील चेयर, एक जनालाई ट्राई साइकल, दुई जनालाई बैशाखी, छ जनालाई एएफओ, तीन जनालाई स्टैण्डिङ फ्रेम, एक जनालाई सिपी चेयर वितरण गरेका थिए ।

संस्थाले मुसहर समुदायको शैक्षिक, आर्थिक, सांस्कृतिक उत्थानका लागि गरिरहेको कार्यका लागि धन्यवाद दिदै उनले नगरपालिकाबाट हुनसक्ने हरसम्भव सहयोग गर्न तयार रहेको बताए ।युकेएआइडीको सहयोगमा सञ्चालित कार्यक्रम अन्तर्गत महोत्तरी, धनुषा र सिरहा जिल्लाका मुसहर समुदायमा जन्मदेखि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सिद्ध हुने सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ