काठमाडौं, ३ पुस । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।
उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रजिअ यादवका अनुसार खातामा जम्मा भएको रमक शुक्रबारबाटै उखु किसानलाई वितरण गरिनेछ ।
उखु किसानको बक्र्यौता नतिरेपछि सरकारले चिनी उद्योगीहरुलाई पक्रने निदेशन दिएको थियो ।सरकारी निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।
तपाईको प्रतिक्रिया