स्कुटर दुर्घटनामा महिलाको मृत्यु

समाचार

7/7/2021

मोरङ, २२ असार । विराटनगर महानगरपालिका–५ स्थित सडकमा को.३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ दुर्घटना हुँदा स्कुटर चालक विराटनगर महानगरपालिका–१४ बस्ने ४० वर्षीया टिका मेचेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ