रुपन्देही, १४ असार । कञ्चन गाउँपालिका–५ पिपरीचापास्थित सडकमा लु.७२ प ५७३५ नम्बरको स्कुटर सालको रुखमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४३ वर्षीय गुन बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया