संक्रमणबाट जोगिन योगको सहारा

समाचार

4/29/2021

महोत्तरी, १६ बैशाख । कोभिडको संक्रमणबाट जोगिन जलेश्वरका बासिन्दा योगतर्फ आकर्षित हुन थालेका छन् । घरमै तथा खुल्ला ठाउँमा साना–साना समूह बनाएर योगाभ्यास गर्न थालिएको छ ।

यसैमध्ये जलेश्वर साहुजीटोलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले एउटा समूहलाई नयाँ वर्षको दिनदेखि योगाभ्यास गराउन थालेका छ ।

स्थानीय अशोक साहले पहिलादेखि घरमै योगाभ्यस गरिरहेकोमा दुईहप्तादेखि आयुर्वेद कार्यालयमा विहान ५ देखि ७ बजेसम्म अभ्यास गर्ने गरेको बताए ।

विधिसम्मत योगाभ्यासकै कारण उनको रक्तचापमा सुधार आएको बताए । स्थानीय अशोक साहसँगै योगाभ्यासमा राजनीतिकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, व्यवसायी, स्थानीयवासिन्दासहित बढीमा २० जनाको नियमित सहभागिता रह्ने गर्दछ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्दका प्रमुख डा.नन्दकिशोर प्रसाद कुशवाहाले स्वास्थ जीवन कार्यक्रम अन्गर्तत नयाँबर्षदेखि नियमित रुपमा विहान विहान योगाभ्यास भइरहेको बताए ।

योगाभ्यसमा सहभागी हुनेलाई एउटा शिलाजित क्याप्सुल तथा जडीबुटीमिश्रित चियाको ब्यबस्था गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ