काठमाडौं, २५ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई तानाशाहीको संज्ञा दिँदै बारा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बाराका जनमत पार्टीका नेता सुजित कुशवाहा लगायतका नेता कार्यकर्ताहरुले बिहीबार पत्रकार सम्मेलन गरी डा.राउतको तानाशाही प्रवृत्तिबाट मुक्तिका लागि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
डा.राउतले एकल नेतृत्व र हैकमवाद कायम गरी पार्टी सञ्चालन गरेको, विगतमा गरेका वाचाहरु पन्छाई, मधेशको भावनाविपरीत षड्यन्त्रहरु गरेको आरोप लगाएका छन् ।
बारा जिल्लाको जनमत पार्टी कार्यसमिति, नगर कार्यसमिति तथा जनमत पार्टी वरिष्ठमण्डल, जनमत दलित संघ लगायतका संघहरु र स्वराजी कार्यकर्ताहरुले छलफल गरी तानाशाही डा.राउतले मधेश तथा मधेशीको समस्या समाधान नहुने देखिएकोले बाध्य भएर पार्टी परित्याग गरेको विज्ञप्तिमा भनेका छन् ।
तपाईको प्रतिक्रिया