डा.सीके राउतसहित १६ जनालाई सफाइ

समाचार

6/20/2020

काठमाडौं, ६ असार । राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउतले सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो ।

मधेश विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । यसअघि राउतलाई विशेष अदालतलेसमेत सफाइ दिएको थियो ।

विशेषको फैसला त्रुटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ भएको हो । यस बीचमा राउतले सरकारकासँग वार्ता गरेर उनले छुट्टै मधेशको माग त्याग गरेका थिए । यो फैसलासँगै राउत अब खुला रुपमा हिँडडुल गर्न पाउने छन् ।

२०७५ फागुन २४ गते सरकारले राउतसँग सम्झौता गरेको थियो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राउत नेतृत्वको स्वतन्त्र तराई मधेश गठबन्धनबीच सम्झौता भएको थियो ।

सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेश राज्यको माग छाड्ने प्रतिवद्धता जनाउँदै सरकारसँग सम्झौता गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ