काठमाडौं, १० मंसिर । १३ औं साग प्रतियोगितामा प्रमुख अतिथिको रुपमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पठाइएको बताइएको छ ।
राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि आउने बताएका छन् ।
प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सागमा प्रमुख अतिथिको रुपमा सहभागी हुनको लागि भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा पठाएको सुनाए ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।
समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सबै खेलमा नेपालले सहभागिता जनाउने गरी विशेष तयारी गरिरहेको समितिका संयोजक रिमबहादुर रानाभाटले बताए । रिपोर्टर्स नेपालबाट साभार
तपाईको प्रतिक्रिया