काठमाडौं, २९ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ६७ वर्ष पूरा भएको छ । संसार कोरोनाका कारण समस्यामा परे पनि, पर्यटन क्षेत्र सुनसान भए पनि उत्तरको छिमेकी चीन भने यहि बीचमा पनि चीनमा गतिविधी बढाइरहेको छ ।
कोरोनाको महामारी बढेकै बेला सगरमाथामा चीनको सक्रियता ह्वात्तै बढेको हो । चीनको एक प्राविधिक टोली सगरमाथामा पुगी सगरमाथाको मापन गरेको छ । यद्यपि यस विषयमा भूमि व्यवस्था मन्त्रालयले नेपाल सरकारसँग सहमति र सहकार्यमै चिनियाँ टोलीले सगरमाथाको मापन गरेको बताएको छ ।
यसवीचमा चीनले सगरमाथामा उचाइ नाप्ने काम मात्र गरेको छैन, यही बेला चीनले सगरमाथामा फाइभजी नेटवर्क जडान तथा सगरमाथालाई केन्द्रित गरी विभिन्न किसिमका अध्ययन अनुसन्धानको कामलाई अघि बढाएको छ ।
यही बेला गुगलले सगरमाथाको चुचुरो चीनको स्वाशासति क्षेत्र तिब्बततीर भएको देखाएको छ । चीनले यहि बीचमा उत्तरी मोहोडामा सगरमाथा आरोहणको लागि नयाँ बाटो बनाएको छ । यी सबै गतिवधिहरू हेर्दा यसलाई स्वभाविक मान्न सकिदैन, जानकारहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया