जनकपुरधाम, ४ माघ । संघीय सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले आग्रह गरेका छन् ।
मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मूलुकलाई गम्भीर दुर्घटनातर्फ धकेलेको आरोपसमेत लगाएका छन् ।
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाले स्थापना गरेको न्यायिक समितिको ईजलाश कक्षको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले ओली अलोकतान्त्रिक ढङ्गले संविधान माथि हावी भएर मूलुक र जनतालाई पीडा दिएको बताएका छन् ।
सङ्घियतालाई मजबुती गर्नुको साटो झन बल्झाउने र कमजोर पार्ने गरि प्रधानमन्त्री ओलीको मोनोपोलीको कारण जनताको जनजिविकालाई सहज र सर्वसुलभ पहँुच तथा सबैले सदुपयोग गर्नुपर्नेमा जनताको ढाड भाच्ने गरि करोडौंको दुरुपयोग गर्ने गरि कार्य गर्नु निन्दनीय विषय रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया