संघीय संसदलाई जसपा संसदीयको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी

समाचार

5/18/2021

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई निर्वाचित गरेको जानकारी संघीय संसद सचिवालयलाई जानकारी गराइएको छ ।

महतोलाई दलको नेतामा निर्वाचित गरेको व्यहोरा जसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार सिंहदरबारस्थित संघीय संसद सचिवालयका महासचिवलाई जानकारी पठाएका हुन् ।

गत बिहीबार बैशाख ३० गते जसपाको संसदीय दलको बैठकले महतोलाई संघीय संसदको दलको नेतामा निर्वाचित गरेको थियो ।

संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपिसमेत संघीय संसद सचिवालयमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ