विराटनगर, १३ जेठ । राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई निरन्तरता दिएको छ ।
सोहि क्रममा विराटनगर वडा न. १, ३ र ४ का अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपन्न परिवारलाई लकडाउन अबधिभर सक्दो सहयोग गर्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशी
ल रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे । राहत बितरणका क्रममा राष्ट्रिय युवा संघ नेपालका नेताहरु सन्तोषी श्रेष्ठ, ईश्वरी आचार्य, रेशम थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
लकडाउन सुरु भएयता राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले अति बिपन्न वर्गलाई घर मै पुगी दैनिक खाद्यान्न बितरण गरिरहेको छ ।
तपाईको प्रतिक्रिया