साङ्लोले बाँधिएका व्यक्तिको उद्धार

समाचार

6/17/2021

वीरगन्ज, ३ असार । विगत २ महिनादेखि फलामको साङ्लोले बाँधिएर राखिएका एक ब्यक्तिको उद्धार गरिएको छ । पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका– १७ अलौ टोलमा बाँधेर राखिएको अवस्थामा ४३ बर्षिय हृदय नारायणसाह तुराहाको बुधबार उद्धार गरिएको हो ।

१५ वर्षदेखि मानसिक सन्तुलन गुमाइरहेका हृदय नारायणलाई बिगत दुई महिनादेखि फलामको जन्जिरमा बाँधेर घरमा राखिएको थियो ।

समाज र परिवारको लागि खतरा बनेको भन्दै उनलाई साङ्लोले बाध्न थालिएको थियो । ‘मानसिक सन्तुुलन गुमाएका हृदय नारायण समाज र परिवारकै लागि खतरा बनेपछि उनकै परिवारले फलामकोे जन्जिरले बाँधेर राखेका थिए’, उद्धारमा सहभागी सामाजिक अभियन्ता प्रकास थारुले भने,‘हामीलाई थाहा भएपछि उनको उद्धार गरेका हौ ।’

१३ र १० बर्षका दुई छोरी र ८ बर्षका एक छोरा रहेका हृदय नारायणकी श्रीमतीले अर्कैसँग विवाह गरसकेकी छिन् । तीन जना बालबालिकाहरुलाई उनीहरुकै हजरुबुवा बासदेव साह तुराहाले पालनपोषण गर्दै आईरहेका छन । आर्थिक अवस्था कमजोर रहेका बासदेव माछा बेचेर नाति नातिनीको पालन पोष्ण गर्दै आएका छन ।

वीरगञ्जमा रहेको मानवसेवा आश्रम, महानगरपालिकाका मेयर विजय सरावगी ,वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीसहित उद्दार गर्न पुगेको थियो । हृदय नारायणलाई उद्धार गरि अहिले मानवसेवा आश्रम बिरगञ्जमा राखिएको र उनको स्वास्थ्य उपचार सुरु गरिने थारुले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ