नेपालगन्ज, २३ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा जिल्ला हुलाक कार्यालय बांके र सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बांकेको समन्वयमा कोरोना भाइरस(कोभिड १९) को समस्याका बिच सूचना प्रबिधीको अधिकतम उपयोग गर्दै जुम मार्फत बांके जिल्लामा रहेका सार्वजनिक निकायहरुका सूचना अधिकारीहरुको क्षमता बिकासका लागि मिति यही साउन २५ गते आईतवार ११ बजे देखि १२ बजे सम्म सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रम आयोजना गरिने भएको छ ।
उक्त अभिमुखीकरण कार्यक्रमको मूख्य बक्तामा पूर्ब प्रमुख सूचना आयूक्त श्री कृष्णहरी बास्कोटा तथा बिशेष बक्तामा बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरावाड्ड रहेका छन् ।
सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रममा सबै सार्बजनिक निकायका सूचना अधिकारीहरुको काम, कर्तब्य तथा अधिकार, सूचना अधिकार कानून, नागरिक र सूचना अधिकारको सम्बन्ध, सूचना प्रवाह गर्ने तरिका, सुशासन र सूचनाको हक लगाएतका बिषमा सूचना अधिकारीहरुलाई जानकारी दिई क्षमता बिकास गरिनेछ ।
सूचना अधिकारी अभिमुखीकरण भर्चुअल कार्यक्रममा सहभागिताका लागि बांके जिल्लाका सबै सार्बजनिक निकायका सूचना अधिकारीहरुलाई जिल्ला हुलाक कार्यालय बांकेले साउन २४ गते शनिबार जुम आइडी उपलब्ध गराउने छ भने बांके जिल्लाका सबै सार्वजनिक निकायका सूचना अधिकारीहरु आफ्नो कार्यालय वा अन्य उपयूक्त स्थानमा बसेर अभिमुखीकरण जुम कार्यक्रममा सहभागी हुन सक्ने जानकारी दिइएको छ भने कार्यक्रमको स्वागत प्राबिधिक सहजिकरण सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी तथा राकेश कुमार मिश्रले गर्ने जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द्रप्रसाद पाण्डेले जनाएका छन् ।
तपाईको प्रतिक्रिया