सुजिता हत्या प्रकरण : ट्वाइलेटको हदबाट शव फेला

समाचार

7/11/2021

महोत्तरी, २७ असार । सुजिता ठाकुरको हत्या भएको एक महिनाभन्दा बढी समयपछि प्रहरीले सडेगलेको अवस्थामा शव बरामद गरेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो ।

गाउँकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टंकीमा सुजिताको शव सडेगलेको अवस्था भेटिएको छ ।

सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइरहदा प्रहरीले असार १३ गते सुजिताको श्रीमानको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएको थिएन ।

भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या गत जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेको थियो ।

सुजिताको श्रीमान र देवरलाई प्रहरीले पक्राउ गरेको थियो भने सासू, ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ